ad ad

समाज


भक्तपुरको मध्यपुरथिमी आजदेखि १० दिनसम्म लकडाउन, अस्पताल पनि सिल

भक्तपुरको मध्यपुरथिमी आजदेखि १० दिनसम्म लकडाउन, अस्पताल पनि सिल

नेपालखबर
साउन ३२, २०७७ आइतबार १:२,

कोरोना संक्रमण फैलिएपछि आज (साउन ३२) देखि भदौ ९ गतेसम्मका लागि भक्तपुरको मध्यपुरथिमी नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा लकडाउन गरिएको छ।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहित शनिबार साँझ बसेको आकस्मिक बैठकले मध्यपुरथिमी नगर क्षेत्र आगामी भदौ ९ गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो।

नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जनामा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिकाले लकडाउनको निर्णय गरेको हो। बैठकपछि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले समुदायस्तरमै कोरोना फैलिएको अवस्था देखेर भदौ ९ गतेसम्म नगरपालिका क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिए।

नगरपालिकाले अत्यावश्यक खाद्य पदार्थ, पानी, ग्यास र औषधि पसल बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा मात्रै खोल्न पाइने तथा अन्य व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेको छ।

लकडाउन अवधिभर नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको पूर्वतर्फ हनुमन्ते नदी तथा राधेराधेदेखि पश्चिमतर्फ जडिबुटी मनोहरा पुलसम्म कुनै सवारी साधनले मान्छे चढाउन र ओराल्न नपाउने निर्णय भएको छ।

नगरपालिकाले सङ्घीय सरकारलाई अरनिको राजमार्गमा यातायातका साधन सञ्चालनमा रोक लगाउन पनि माग गरेको छ। तत्कालका लागि अरनिको राजमार्गमा कुनै सवारी साधन रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी लकडाउनको निर्णय गरिएको नगर प्रमुख श्रेष्ठले बताए।

उनका अनुसार नगरपालिका क्षेत्रभित्र कुनै पनि सडकमा अत्यावश्यक सवारी साधनबाहेकका सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। त्यसैगरी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल पनि शनिबार  सिल गरिएको छ।

अस्पतालमा कार्यरत ३ नर्स र १ सहयोगी गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए। अस्पतालमा कोरोना संक्रमित भेटिएपछि आकस्मिक कक्षबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो।

संक्रमित नर्स तथा कर्मचारीलाई अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिएको र कर्मचारीलाई क्वारेन्टिनमा राखिएको उनले जानकारी दिए। शनिबारसम्म भक्तपुरमा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेकाे छ।

thimibiii

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .