ad ad

समाज


जनकपुरमा कोरोनाबाट थप १ जनाको मृत्यु, तीन दिनपछि पुष्टि

जनकपुरमा कोरोनाबाट थप १ जनाको मृत्यु, तीन दिनपछि पुष्टि

शैलेन्द्र महतो
साउन ३२, २०७७ आइतबार १०:४३,

जनकपुरमा तीन दिनअघि मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

उपचारको क्रममा जनकपुरको काव्या हास्पिटलमा मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए।

रुघा खोकीसँगै ज्वराे आएर काव्या हस्पिटलमा भर्ना भएका ती पुरुषको गत शुक्रबार मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको थियाे। प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको झाले बताए।

परिवारजनले उनको शवको अन्त्येष्टि गसिकेका छन्। तर उनको रिपोर्ट भने आइतबार मात्र आएको वरिष्ठ अधिकृत झाले जानकारी दिए। योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .