ad ad

समाज


ट्रम्पले न्युजिल्यान्डमा कोरोना नियन्त्रण बाहिर गएको बताएपछि जासिन्डा आर्डेन रुष्ट

ट्रम्पले न्युजिल्यान्डमा कोरोना नियन्त्रण बाहिर गएको बताएपछि जासिन्डा आर्डेन रुष्ट

नेपालखबर
भदौ २, २०७७ मंगलबार ९:१२,

ट्रम्पले हालै न्युजिल्यान्डमा कोरोनाको संक्रमण नियन्त्रण बाहिर गएको अभिव्यक्ति दिएका थिए।

जासिन्डानले ट्रम्पले बढाई–चढाई गरेर न्युजिल्यान्डको अवस्थाको बारेमा बोलेको प्रतिक्रिया जनाएकी छिन्।

जासिन्डानले भनेकी छिन्,‘न्युजिल्यान्डमा दिनमा ९ संक्रमित थपिँदा अमेरिकामा दशौं हजार संक्रमित बनिरहेका छन्, जुन तुलना गर्नै मिल्दैन।’

ट्रम्पका भनाई पूर्ण रुपमा गलत भएको जासिन्डाको भनाइ छ। न्युजिल्यान्ड कोरोना नियन्त्रण गर्न पूर्ण सफल भएको उनको भनाइ छ।

न्युजिल्यान्डमा १ सय २ दिनपछि यतिबेला कोरोना संक्रमित पुनः देखिन थालेका छन्।

५० लाख जनसंख्या भएको न्युजिल्यान्डमा हालसम्म २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये २२ उपचारपछि स्वस्थ बनेका छन्।

३२ करोड ८२ लाख जनसंख्या भएको अमेरिका विश्वमै सबैभन्दा बढी कोरोनाले प्रभावित राष्ट्र हो। त्यहाँ ५६ लाख १२ हजार संक्रमित बनेका छन्। जसमध्ये १ लाख ७३ हजारको मृत्यु भइसक्दा २९ लाख उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .