आस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको कोरोनाविरुद्धको खोप अस्ट्रेलियामा छिटै तयार हुने आशा गरिएको छ।
उक्त खोप हाल परीक्षणको क्रममा छ। प्रधानमन्त्री स्कट मरिसनका अनुसार परीक्षण सफल भए २ करोड ५० लाख नागरिकलाई उक्त खोप निशुल्क लगाइनेछ।
अस्ट्रेलियामा हालसम्म २४ हजारमा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये ४५० को मृत्यु भइसक्दा १५ हजार उपचारपछि स्वस्थ बनेका छन्। बीबीसी
प्रतिक्रिया