ad ad

समाज


अमेरिकामा अश्वेत नागरिकमाथि उनकै बच्चाको अगाडि प्रहरीले गोली हानेपछि..

अमेरिकामा अश्वेत नागरिकमाथि उनकै बच्चाको अगाडि प्रहरीले गोली हानेपछि..

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ७:५९,

ज्याकोब ब्लेक नाम गरेका व्यक्तिमाथि उनकै तीन बच्चाको अगाडि प्रहरीले आइतबार ७ राउन्ड गोली चलाएको बीबीसीले जनाएको छ।

विसकनसिन राज्यको केनोसामा यो घटना भएको हो। उनको ढाँडमा गोली लागेको बताइएको छ। यतिबेला अस्पतालमा उपचार भइरहेका उनको अवस्था स्थिर भएको जनाइएको छ।

यस घटनाले अमेरिकामा फेरि रंगभेदविरुद्धको आन्दोलन चर्किने खतरा बढेको छ।

२९ वर्षका ज्याकोबलाई किन गोली हानियो भन्नेबारे हालसम्म केही खुलाइएको छैन। प्रहरीले गोली प्रहार गरेको भिडियो भाइरल भएपछि त्यहाँका स्थानीयहरूले चर्को रुपमा विरोध प्रदर्शन गर्न थालेका छन्।

(भिडियो)

प्रदर्शन बृहत बन्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ। साथै विशेष प्रहरीहरु सुरक्षाको लागि खटाइएको छ।

गत मे २५ मा प्रहरीले जर्ज फ्लोयडको हत्या गरेपछि नै अमेरिकामा रंगभेदविरुद्धको आन्दोलन चर्किएको छ।

हाल प्रहरीले अश्वेतमाथि ज्यादती नरोकेको भन्दै लगातार दुईदिन यता प्रदर्शन भइरहेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .