ad ad

समाज


साढे ६ केजी अफिमसहित युवक र युवती पक्राउ

साढे ६ केजी अफिमसहित युवक र युवती पक्राउ

नेपालखबर
भदौ १०, २०७७ बुधबार ५:४७,

प्रहरीले साढे ६ केजी अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका ४ स्थित शेषमती पुल नजिकैबाट साढे ६ केजी आफिमजस्तो देखिने खैरो पदार्थसहित जाजरकोट त्रिवेणी नगरपालिकाका २२ वर्षीय दिलीप विश्वकर्मा र दोलखा भीमेश्वरकी १८ वर्षीया प्रमिला राउतलाई पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुकालाई शेषमती पुल नजिकै कालो झोलामा अफिम बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो।

उनीहरुले प्र्रतिकेजी साढे १ लाखमा ल्याउने र ८ लाखमा बेच्ने गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .