ad ad

समाज


‘हाम्रो पात्रो’ प्रयोगकर्ताले एपबाटै सोह्र श्राद्धको ‘सिदा दान’ गर्न सक्ने, यस्तो छ विधि

‘हाम्रो पात्रो’ प्रयोगकर्ताले एपबाटै सोह्र श्राद्धको ‘सिदा दान’ गर्न सक्ने, यस्तो छ विधि

नेपालखबर
भदौ १७, २०७७ बुधबार ४:५१,

सोह्र श्राद्ध आज (बुधबार) सुरु भएको छ। यस अवधिमा दिवंगत पितृका नाममा तर्पण, सिदा तथा पिण्ड दान गर्ने चलन छ।

तर यस वर्ष कोरोनाका कारण यो कर्म गर्न असहज हुने देखिएको छ। किनकि संक्रमण सर्ने जोखिन एवं जारी निषेधाज्ञाले गर्दा अहिले पण्डित/गुरु घरघरमै जान सक्दैनन्।

तर लोकप्रिय मोबाइल एप्लिकेसन ‘हाम्रो पात्रो’ले यी प्रक्रिया एपबाटै सम्पन्न गर्न सकिने सुविधा ल्याएको छ।

यो सेवाअन्तर्गत हाम्रो पात्रोद्वारा प्रमाणित अनुभवी वैदिक गुरुहरूले घरमै बसी भिडियो कलमार्फत सिदा दानको प्रक्रिया सम्पन्न गर्न सघाउनेछन्।

हाम्रो अनलाइन ज्योतिष सेवाअन्तर्गत यो विशेष कार्य सम्पन्न गर्न सकिने छ।

ज्योतिष गुरु नारायणप्रसाद दुलाल भन्छन्, ‘अहिलेको विषम परिस्थितिमा पितृ स्मरणका लागि विशेष १६ श्राद्धको प्रक्रियाबाट वञ्चित हुनुभन्दा सिदा दान गरी पितृहरूलाई तृप्त गराउनु उपयुक्त हुनेछ।’

यसो गर्दा कम्तीमा पितृको दोष नलाग्ने र पुण्य प्राप्त गर्न सकिने उनको भनाइ छ।

‘तर यो श्राद्ध, पिण्ड दान र तर्पण भने होइन। सबैका लागि वैदिक गुरु भौतिक रूपमै बोलाएर श्राद्ध तथा सिदा दान गर्न सम्भव नभएको यो अवस्थामा यो सुविधा उपयुक्त हुन सक्छ। यसअघिका समयमा पनि समय नहुने अथवा देशदेखि पर भएकाहरूले मठ मन्दिरमा गएर अथवा नजिकै गुरुरपण्डित भएको स्थानमा गएर पितृको भोजन भाग स्वरूप पहेंलो दाल, चामल, घिउ, तेल, तरकारीलगायत अन्य चोखो सामाग्री भाग लगाएर पितृलाई सम्झेर दान दिने गरिन्छ।’

गुरु दुलालका अनुसार नेपाली समयानुसार बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म तथा विदेशमा रहेका धर्मप्रेमीका लागि नेपाली समयानुसार राति ७ देखि १० बजेसम्म यो सेवा उपलब्ध हुनेछ।

कति छ त शुल्क?
खर्च नियमित पूजापाठ अथवा अन्य महत्वपूर्ण कर्मकाण्डमा लाग्ने खर्च भन्दा अत्यन्तै कम छ। हाम्रो पात्रोको यस सिदा दानको सेवा लिएबापत नेपालभित्रका प्रयोगकर्ताका लागि नेपाली रुपैयाँ ५०० मात्र राखिएको छ भने अस्ट्रेलिया बस्ने नेपालीले यो सेवा उपभोग गरेका खण्डमा अस्ट्रेलियाको १५ डलर तथा अमेरीकाका नेपालीले अमेरिकी डलर ९.९९ मात्र खर्चिए पुग्छ।

‘हाम्रो पात्रो’ प्रयोग गरी गुरुमार्फत कसरी गर्ने सिदा दान?
–सिदा दान गर्नु्अघि केही विधि पूरा गर्नुपर्ने हुन्छ। बिहान नित्य स्नान गरेर जातीय परम्पराअनुसार चोखो भई पानी र एउटा सिक्का पैसा साथमा लिएर आफ्ना पितृ स्मरण गर्दै दक्षिणतर्फ फर्किएर बस्नुहोस्।

–सम्भव भएसम्म सिदामा चामल, तरकारी, दाल, नुन, बेसार, मसला, चिनी, तिल, मह, घिउ, दही, फलफूल, नैवेद्य, पानी, तुलसीपत्र आदि सामग्री तयार पारेर राख्नुहोस्।

–दिवंगत बुबा, हजुरबुबा, बूढा हजुरबुबाको सधर्मपत्नी सहितको नामावली तथा मावलीतर्फ आमाका दिवंगत बुबा, हजुरबुबा, बूढा हजुरबुबाका सधर्मपत्नी सहितको नामावली र सम्भव भएसम्म अन्य पितृदेवको नामावली समेत तयार पार्नुहोस्।

–सिदा दान गर्ने व्यक्तिले सम्भव भएसम्म कालो, नीलो, हरियो र रातो्बाहेक सात्विक (सेतो वा पहेंलो) वस्त्र लगाउनु उत्तम मानिन्छ।

उल्लिखित नियम पूरा गरिसकेपछि ‘हाम्रो पात्रो’को वेबसाइट वा यहाँ क्लिक गर्नुहोस्। अनि आईओएसका लागि यहाँ क्लिक गर्नुहोस्।  

–हाम्रो पात्रो एपको होम पेजमा भएको ‘सिदा दान’लाई क्लिक गरेर यो सुविधा लिन सक्नुहुनेछ।

(वेबसाइट मा भने माथि सिरानीमा सिदा दान राखिएको छ। साथै एपको बायाँतर्फ माथि सिरानमा रहेको तीनधर्के लाइन (मेनु) भित्र हाम्रो ज्योतिषको ठीक तल अनलाइन गुरु लाई क्लिक गरेर पनि सिदा दानको सुविधा लिन सक्नुहेछ।

–पेज स्क्रोल गर्दै (तलतिर सार्दै) अन्तिममा रहेको ‘गुरुसँग कुरा गर्नुहोस्’ सँगै रहेको वैदिक गुरुहरूसँग सिदा दानको प्रक्रिया सुरु गर्नुहोस् लेखिएको स्थानमा दबाउनुहोस्।

–अब त्यहाँ रहेको ‘दक्षिणा बुझाउनुहोस्’ लेखिएको स्थानमा क्लिक गर्नुहोस्। दक्षिणाका रूपमा शुल्क बुझाउनुपर्नेछ।

–नेपालभित्र हुनुहुन्छ भने ईसेवा, खल्ती तथा कनेक्ट आईपीएसमध्ये तपाईंसँग उपलब्ध विकल्प चयन गरी टिकट किन्नुहोस्। नेपाल बाहिरका लागि भने मास्टरकार्ड, भिजा, पेपाल आदि माध्यम प्रयोग गरी भुक्तानी गर्न सक्नुहुनेछ।

–यति गरिसकेपछि तपाईंले अनलाइनमा रहेका गुरु तथा पण्डितको सूची देख्नुहुनेछ। तीमध्ये कुनै एक पण्डितको आइकनमा क्लिक गरी भिडियो कल सुरु गर्नुहोस्।

–यसरी भिडियो कल गरी उपलब्ध गुरु तथा पण्डितमार्फत सिदा दानका लागि प्रक्रिया सुरु गर्न सक्नुहुनेछ। (यो सुविधा प्रयोग गर्न कुनै मोबाइल अथवा फोन नम्बर चाहिँदैन। तर इन्टरनेट कनेक्सन जरुरी छ)।

–प्रत्यक्ष भिडियो कलमार्फत गुरुले सिसदा दानका लागि प्रक्रियाबारे जानकारी दिंदै सहजीकरण गर्नुहुनेछ र गुरुले भनेअनुसार गर्दै जानुहोस्, त्यसअनुसार तपाईंले सिदा दानको कर्म पूरा गर्न सक्नुहुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .