ad ad

समाज


‘पोथीका लागि छानोमा जुधिरहेका’ ठूलठूला दुई अजिंगर जब अचानक घरभित्र खसे..

‘पोथीका लागि छानोमा जुधिरहेका’ ठूलठूला दुई अजिंगर जब अचानक घरभित्र खसे..

नेपालखबर
भदौ १७, २०७७ बुधबार ५:२२,

अस्ट्रेलियामा छानोबाट अचानक दुई ठूला अजिंगर घरभित्र खसेका छन्।

अस्ट्रेलियाको क्विन्स्ल्यान्डस्थित डेभिड टेटको घरकाे छानोबाट दुईवटा अजिंगर काेठाभित्र खसेका हुन्।

ajingar3

तीमध्ये एउटा सुत्ने कोठा र अर्को बैठक कक्षमा खसेको उनले बताएका छन्।

अजिंगर समात्ने व्यक्ति स्टिभन ब्राउनका अनुसार २.८ मिटर र २.५ मिटर लम्बाइका ती अजिंगरको कूल ताैल २२ किलो थियो।

पोथीका लागि जुध्दै गर्दा ती दुई अजिंगर घरभित्र खसेको हुन सक्ने अनुमान गरिएको छ। तर त्यहाँ पोथी अजिंगर फेला परेन।

घरधनी टेटले घर आउँदा भान्साको टेबलमा छानोको एउटा ठूलो भाग खसेकाे देखेपछि पल्टाएर हेर्दा ती अजिंगर फेला पारेका हुन्।

ajingar2

आफ्नो छतबाट ती सर्प खसेको कुरा घर पुगेपछि मात्रै थाहा पाएको उनले फेसबुकमा लेखेका छन्।

त्यसअघि आफूले आफ्नो घरको छानोमा सर्पहरू घाम तापिरहेको देखेको पनि ती घरधनीले बताएका छन्। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .