ad ad

समाज


कोरोनाबाट मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भनेर अफवाह फैलाउने व्यक्ति पक्राउ

कोरोनाबाट मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भनेर अफवाह फैलाउने व्यक्ति पक्राउ

नेपालखबर
भदौ २२, २०७७ सोमबार ५:२८,

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भनेर गलत प्रचार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न युट्युब च्यानलमा कोरोना संक्रमणबाट मृत्युको व्यक्तिको अंग निकालिने गरेको भन्दै अन्तर्वार्ता दिने सुवास सुब्बा लिम्बुलाई पक्राउ गरेको हो।

ललितपुरको ढोलाहिटीमा आयुर्वेदिक रिसर्च सेन्टर चलाउँदै आएका सुब्बा आफूलाई प्राकृतिक चिकित्सक बताउँदै अन्तर्वार्ता दिँदै आएका थिए। सुब्बाले कोरोनाबाट मृत्यु हुनेको अन्त्यष्टिमा परिवारलाई समावेश नगराइनु, शव पनि नदेखाइनु र पोस्टमार्टम पनि नहुने गरेको भन्दै मृत्यु हुने व्यक्तिको अंग झिकेर तस्करी गरिँदै आएको आरोप लगाउँदै अन्तर्वार्ता दिँदै आएका थिए।

उनलाई ढोलाहिटीबाटै पक्राउ गरिएको महाशाखाका प्रमुख (एसएसपी) दीपककुमार थापाले बताए।

‘ढोलाहिटिमा आयुर्वेदिक रिसर्च सेन्टर रहेछ, आफूलाई डाक्टर बताउने र कोरोनाबाट मरेका व्यक्तिको अंग निकालिन्छ भन्दै अन्तर्वार्ता दिएर अफवाह फैल्याएको पाइयो, त्यस विषयमा अनुसन्धान गर्न पक्राउ गरेका हौं',  एसएसपी थापाले नेपालखबरसँग भने, ‘यसअघि सातदोबाटो बृत्तले पनि उनीविरुद्ध सार्वजनिक अपराधमा मुद्दा चलाएको थियो।’

एसएसपी थापाले लिम्बुविरुद्ध अफवाह फैलाएको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी भइरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .