ad ad

समाज


पोखरामा दाहसंस्कारपछि कोरोना पुष्टि, मलामीको कन्ट्याक्ट ट्रेसिङ गरिँदै

पोखरामा दाहसंस्कारपछि कोरोना पुष्टि, मलामीको कन्ट्याक्ट ट्रेसिङ गरिँदै

वाशुदेव मिश्र
भदौ २७, २०७७ शनिबार ६:३४,

पोखरामा दाहसंस्कारपछि मात्रै एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।

पोखराको फिस्टेल अस्पतालमा शुक्रबार मृत्यु भएकी ४५ वर्षीया महिलाको शनिबार मात्रै पीसीआर रिपोर्ट पोजेटिभ आए हो। गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको परीक्षणमा ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको प्रतिष्ठानले जनाएको छ।

पोखरा महानगरपालिका– ५ का वडाध्यक्ष तथा महानगरका प्रवक्ता धनबहादुर नेपालीका अनुसार थाइराइड उपचारको लागि बिहीबार अस्पताल भर्ना भएकी महिलाको त्यही दिन अर्थात् भदौ २६ गते राति नै निधन भएको थियो।

उनको निधनपछि अस्पतालले शव दाहसंस्कारको लागि लैजान भनेको र शुक्रबार बिहानै उनको दाहसंस्कार गरिएको थियो। ‘उहाँ मेरो छिमेकी नै हो, करिब बिहान ९ बजेतिर दाहसंस्कार नै सकिएको हो, अब दाहसंस्कारमा को–को जानुभएको छ भन्नेबारे हामीले तथ्य संकलन थालेका छौं, उहाँहरुलाई आइसोलेसनमा बस्न भनेका छौं’, वडाध्यक्ष नेपालीले भने, ‘आइतबार उहाँहरुको पीसीआर गर्नुपर्ने भयो।’ पीसीआर रिपोर्ट नकुर्दै किन दाहसंस्कार गरियो भन्नेबारे आफू पनि अनविज्ञ रहेको उनले बताए।

कोरोनाबाट पोखराको निजी अस्पतालमा मृत्यु हुने यो पहिलो घटना हो। यसअघि शनिबार बिहान मात्रै पनि कोरानो संक्रमण भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको आईसीयूमा भर्ना भएका स्याङ्जा पुतलीबजार नगरपालिका–१ निवासी ८५ वर्षीय वृद्धको मृत्यु भएको थियो।

उनी भदौ २४ गते अस्पताल भर्ना भएका थिए । उनीसँगै पोखराको गण्डकी अस्पतालमा १० जना संक्रमितको मृत्यु भइसकेको छ भने गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।

पछिल्लो विवरण अनुसार गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ८६५ पुगेको छ। पोखरामा १०,नवलपरासीमा ३४, गोरखामा १ जनामा संक्रमण देखिएको र उनीहरु सबै संक्रमितको सम्पर्कबाट संक्रमित बनेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .