ad ad

समाज


‘रोहिन्ज्याविरुद्ध हत्या र बलात्कार गर्न आदेश आएको म्यानमारका सेनाले स्वीकारे’

‘रोहिन्ज्याविरुद्ध हत्या र बलात्कार गर्न आदेश आएको म्यानमारका सेनाले स्वीकारे’

नेपालखबर
भदौ २७, २०७७ शनिबार ९:३१,

बुद्धिष्ट समुदायबाट अपहेलित बनेका रखाएन राज्यका रोहिन्ज्याको बस्तीमा आगो सल्काइएको थियो। उनीहरुमाथि कुटपिट हुनुका साथै महिलाहरु बलात्कृत बनेका थिएभने हजारौंको हत्या गरिएको थियो।

रोहिन्ज्या समुदायले बुद्धिष्ट समुदायका मानिससँगै आफूमाथिको दमनमा प्रहरी र सेनानै परिचालन भएको आरोप लगाएका थिए।

तर म्यानमार सरकारले उक्त विषयलाई अस्वीकार गर्दै आएको छ। रोहिन्ज्यामाथि भएको दमनलाई संयुक्त राष्ट्रसंघले ‘रोहिन्ज्यामाथिको नरसंहार’ भनेको छ।

चरम हिंसा हुन थालेपछि रोहिन्ज्या समुदाय बंगलादेश लगायतका नजिकका मूलुक शरणका लागि पुगेका थिए। १० लाखभन्दा बढी मानिसले त्यसबेला म्यानमार छाडेका थिए।

सो क्रममा डुंगाहरु पल्टँदा सयौं रोहिन्ज्याले ज्यान गुमाउनु परेको थियो।

Kula Bil and Waback facing mass arson by Myanmar government » Arakan News  Agency

हाल पहिलोपटक रोहिन्ज्यामाथिको दमनमा प्रहरी र सेना संलग्न भएको विषय पुष्टि भएको छ।

एनजीओ फोर्टिफाई राइट्ससँगको अन्तर्वार्ताका क्रममा दुई पूर्व सेनाले म्यानमार सरकारकै आदेशमा सेना तथा प्रहरीले रोहिन्ज्याको घर जलाएको र उनीहरुको बलात्कार साथै हत्या गरेको स्वीकार गरेका छन्।

ती सेनाहरु रोहिन्ज्याविरुद्ध दमन हुने समयमा सेनामै कार्यरत थिए।

एक भिडियो फुटेजमा उनीहरुले भनेका छन्,‘हामीले ताउङ बजार नजिकैको मुसलमानको बस्तीलाई ध्वस्त बनायौं। देखेका जति सबैलाई गोली हान्यौं। हामीले एउटै खाल्डामा ३० जनासम्मको लाशलाई पुरेका छौं।’

सीएनएनका अनुसार हाल ती सेनाहरु नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा छन्। रोहिन्ज्याविरुद्ध भएको ज्यादतीको बारेमा उनीहरुसँग सोधपुछ भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .