पछिल्लो तीन घण्टादेखि झापाको चन्द्रगढी आसपासमा अति ठूलो वर्षा भइरहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई चेतावनी दिएको छ।
विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आफ्नो ट्विटरमार्फत पछिल्लो ३ घण्टा झापाको चन्द्रगढी आसपास अति ठूलो वर्षा भएको, झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास मध्यम-ठूलो वर्षा भएको जानकारी दिएको हो।
यसकारण मेची, विरिङ, निन्दालगायत सीमा आसपासका साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले १२ बजे सम्म सतर्क रहन सुझाव दिइएको छ।
भदौ ३०, ६ बजे#SMS #ALERT
पछिल्लो ३ घण्टा झापाको चन्द्रगढी आसपास अतिठुलो बर्षा भएको, झापा,मोरङ,सुनसरीको भारतीय सीमा आसपास मध्ययम-ठुलो बर्षा भएकोले मेची,विरिङ,निन्दा लगायत सीमा आसपासका साना नदीमा आकस्मिक बहाव हुन सक्ने,१२ बजे सम्म सतर्क रहौ@NDRRMA_Nepal
चित्रः३ घण्टाको बर्षा
प्रतिक्रिया