पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) को प्रसुती विभाग बन्द गरिएको छ।
अस्पतालको प्रसुती विभागमा भदौ २७ गते भर्ना भएकी महिलामा मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि अपरेसन तथा प्रसुती विभाग असोज १ गतेसम्मका लागि बन्द गरिएको अस्पतालले जनाएको छ। यो अवधिमा ती विभागको निर्मलीकरण गरिनेछ।
अस्पतालका निर्देशक सहप्राध्यापक डाक्टर अर्जुन आचार्यले महिलामा कोरोना पुष्टि भएपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुलाई क्वारेण्टिनमा पठाउनुपर्ने भएकाले जनशक्ति अभाव भएको पनि प्रष्ट पारेका छन्।
तनहुँ शुक्लागण्डकी–१० की २४ वर्षीया युवती भदौ २७ गते प्रसुतीको लागि गण्डकी अस्पताल भर्ना भएकी थिइन्। उनको सोही दिन आकस्मिक कक्षमा अपरेसन गरिएको थियो। अपरेसनपछि स्वाब परीक्षण गर्दा उनीमा संक्रमण देखिएको हो।
3
Shares
प्रतिक्रिया