ad ad

समाज


किसानको घाँटीमा बञ्चरो प्रहार गरी अघाेरीबाबा फरार

किसानको घाँटीमा बञ्चरो प्रहार गरी अघाेरीबाबा फरार

शैलेन्द्र महतो
भदौ ३०, २०७७ मंगलबार १३:५०,

धनुषाको मिथिला नगरपालिकामा एकजना किसानमाथि अघोरीबाबाले बञ्चरो प्रहार गरेका छन्। मिथिला नगरपालिका २ नक्टाझिजका ६० वर्षीय राजकुमार महतोको गर्दनमा ज्यानै लिने गरी बञ्चरो प्रहार गरेका हुन्।

वडा नंं १ लक्ष्मीनिवासमा महतोको खेतमा चोरेर बाँस काटिरहेको अवस्थामा अघोरीबाबालाई देखेका थिए। अघोरी बाबालाई बाँस किन काटेको भनेर सोधखोज गर्दा उनले महतोको घाँटीमा हातमा भएको बञ्चरो प्रहार गरेका हुन् ।

बञ्चरो प्रहारबाट महतो गम्भीर घाइते भएका छन्। उनको घाँटीमा एक दर्जन टाँका लगाइएको महतोको छोरा ओमप्रकाश महतोले बताए।

बञ्चरो प्रहार गर्नेको खोजी कार्य जारीरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्वरपुर घरका भएका अघोरी बाबा भन्ने ४० वर्षीय तुलसी महिना दिनदेखि मिथिला नगरपालिका १ लक्ष्मीनीवासस्थित बसही खोलाको किनारमा त्रिपाल झुण्ड्याएर बस्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .