ad ad

समाज


सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित युवकको धरानमा मृत्यु

सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित युवकको धरानमा मृत्यु

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ६:२१,

सप्तरीको खडक नगरपालिका–३ का ३५ वर्षीय मिर्गौलापीडित एक पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ।

कोरोना संक्रमण भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएका पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताए।

एक वर्षदेखि मिर्गौला रोगबाट पीडित युवकले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा नियमित डायलासिस सेवा लिइरहेका थिए। हप्तामा दुईपटक नियमित डायलासिस गरिरहेका युवकमा उच्च रक्तचापको पनि समस्या रहेको चिकित्सकले बताएका छन्।

मिगौला पीडितसहित छ जनाको सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएका ३५ वर्षीय पुरुषको अवस्था गम्भीर बन्दै गएपछि मंगलबार राजविराजस्थित अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झाले जानकारी दिए।

युवकको बिहान मृत्यु भएसँगै जिल्लामा मृत्यु हुनेको संख्या नौ पुगेको छ। तीमध्ये एक महिला छिन्। पुरुषको शव धरानमा रहेको छ। खडक नगरपालिकाको एम्बुलेन्सले धरानबाट शव ल्याएपछि नेपाली सेनाले व्यवस्थापन गर्ने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .