ad ad

समाज


गण्डकीका कोरोना संक्रमितहरु घरमै

गण्डकीका कोरोना संक्रमितहरु घरमै

वाशुदेव मिश्र
असोज २, २०७७ शुक्रबार १५:३७,

गण्डकीमा शुक्रबार ५६ जनामा कोरोना संक्रमण देखिँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार नवलपरासीको देवचुली ११ का ३१ वर्षीय पुरुषको गएराति चितवन मेडिकल कलेजमा मृत्यु भएको छ। उनी भदौ २५ गते अस्पताल भर्ना भएका थिए। उनी मिर्गौलाको रोगी भएको गण्डकी स्वास्थ्य निर्देशनलायले जनाएको छ।

गण्डकीमा नवलपरासीमा ३४, कास्कीमा १७, तनहूँमा ४, स्याङ्जा १ जना संक्रमित थपिए।

हालसम्म गण्डकीमा संक्रमितको संख्या जम्मा ३३३६ पुगेको छ भने कोरोनाबाट गण्डकीमा ३२ जनाको मृत्यु भइसकेको छ।

संक्रमण बढ्दै गर्दा गण्डकीमा होम आइसोलेसनमा बस्नेको संख्या ह्वात्तै बढेको छ। गण्डकीमा ३१६ जना होम आइसोलेसनमा रहँदा कास्कीमा मात्रै २०७ संक्रमित घरमै छन्।

नवलपरासीमा ६४, तनहुँमा २३, बागलुङमा १, गोखरामा २१ जना होम आइसोलेसनमा रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जनाए। गण्डकीमा गम्भीर प्रकृतिका ६ जना विरामी आइसीयूमा छन् भने ५०९ जना क्वारेण्टिनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .