वीर अस्पतालमा केही दिन अघि एक कोरोना संक्रमित मृतकको शवबाट अंग निकालिएकाे भन्ने विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति अस्पतालले ध्यानाकर्षण भएको जनाएको छ।
कैदी रामलखन जैसवालको शव सडे गलेकोले अंगहरुको रुप परिर्वतन भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।
३ दिन अघि केन्द्रीय कारागारबाट वीर अस्पताल पुर्याएका उनको तत्कालै मृत्यु भएको अस्पताले जनाएको छ। शव गृहमा राखेको शव सड्न गल्न थालेको र अंगहरु परिर्वतन भएको अस्पतालको भनाई छ।
वितग ३ दिन देखि मृतकको शव, शवगृहमा रहेकोले सड्ने गल्ने प्रक्रिया शुरु भइसकेको र शवमा फोकाहरु रहेको, सुन्निएको र मुख र नाकबाट तरल पदार्थ निस्किएको अवस्था हो। यो शवलाई उपयुक्त रेफ्रिजेरेटमा नराख्दा हुने सामान्य प्रक्रिया हो’ अस्पतालले भनेको छ।
मृतकका आफन्तले भने अस्पतालमा अंग चोरी भएको आरोप लगाएका छन्।
प्रतिक्रिया