ad ad

समाज


१४ वर्षीय बालिकालाई पोखरा लगेर शिक्षकद्वारा ८ दिनसम्म बलात्कार

१४ वर्षीय बालिकालाई पोखरा लगेर शिक्षकद्वारा ८ दिनसम्म बलात्कार

वाशुदेव मिश्र
साउन ८, २०७६ बुधबार १२:४६,

शिक्षकलाई पिता समान मानिन्छ। तर, कली लाग्यो भनेजस्तै भएको छ।

उदयपुरको एक बोर्डिङ स्कूलमा पढाउने शिक्षकले आफ्नै विद्यार्थीलाई बन्धक बनाई बलात्कार गरेका छन्। ती शिक्षकले १४ वर्षीया नावालिकालाई ललाई फकाई पोखरा ल्याएर ८ दिनसम्म बन्धक बनाई बलात्कार गरेको सार्वजनिक भएको हो।

घटना विवरण अनुसार मोरङ जिल्लाको विराटनगर घर भई हाल उदयपुरको मेरीगोल्ड विद्यालयमा पढाउँदै आएका २८ वर्षीय राकेशकुमार कानोडिया नाम भएका शिक्षकले ८ दिनअघि स्कूलकै एक छात्रालाई ललाई फकाई पोखरा ल्याएका थिए।

पोखरा ल्याएपछि उनले छात्रालाई लेकसाइड डिहीकोपाटनमा रहेको द कन्ट्रीयार्ड नामक होटलमा राखे। होटलको कोठा लिएपछि उनले नाबालिक विद्यार्थीले प्रयोग गर्ने मोवाइलको सिम खोसे र लगातार कोठामा बन्धक बनाएर बलात्कार गरे। कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार कनौडियाले बालिकालाई परिवारसँग सम्पर्क गर्न समेत दिएनन्।

छोरी घरबाट हराएपछि अभिभावकहरुले प्रहरी गुहारे। खोजतलासको क्रममा कास्की प्रहरीले उनलाई बुधबार होटलबाट पक्राउ गरेको हो। कनौडियालाई पक्राउपछि नाबालिका करणी तथा शरीरबन्धकको अभियोगमा मुद्दा लगाउने तयारी भएको उनले बताए। शिक्षक कानोडियाले ती विद्यार्थीलाई शुरुमा फकाएर नै घुम्न जान राजी गराएको पनि प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

नाबालिकासँग सहमतिमै शारिरीक सम्पर्क राखे पनि बलात्कार मानिन्छ। कोठामा बन्धक बनाएको अभियोग पनि उनीमाथि रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .