ad ad

समाज


लमजुङको दोर्दीखोलामा आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु ११ जना हराएको आशंका

लमजुङको दोर्दीखोलामा आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु ११ जना हराएको आशंका

वाशुदेव मिश्र
साउन ८, २०७६ बुधबार १३:२८,

लमजुङको पूर्वीभागमा पर्ने दोर्दीखोलामा अचानक आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ।

बाढीमा परी करिब ११ जनाजति हराएको अनुमान गरिएको छ । बुधबार दोर्दीखोलाको सिरानमा रहेको ताँजेभन्दा माथिबाट एक्कासी पहिरोसहितको बाढी आउँदा मानिसहरु बगाएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले टेफिफोनमा नेपालखवरसँग बताए।

दोर्दीमा बाढी आउँदा त्यहाँ निर्माणाधीन पिपल्स हाइड्रो पावर कम्पनीको सुपर दोर्दी जलविद्युत आयोजनाको सुरुङमा बाढी पसेको उनले बताए। उनका अनुसार एक्कासी बाढी आउँदा खोलामा काम गर्ने कामदारहरुलाई बगाएको हो।

तीमध्ये १५ जनाको उद्दार गरिएको उनले बताएका छन्। बाढी आउँदा खोलामा कति मानिस काम गर्दै थिए भन्ने एकिन नभएको पनि उनको भनाई छ।

dordiदाेर्दी खाेलामा आएकाे बाढी

लमजुङको पूर्वी भेगमा पर्ने दोर्दीखोलामा मात्रै अहिले ५ वटा हाइड्रो निर्माणाधीन अवस्थामा छन्।

हिमालयन पावर पार्टनर लिमिटेडको २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना, लिबर्टी इनर्जी कम्पनी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’, लमजुङ विद्युत् विकास कम्पनी लिमिटेडको प्रवद्र्धनमा दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको १२ मेगावाटको दोर्दी १ जलविद्युत् आयोजना र ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् आयोजना निर्माण भइरहेका छन्।

सबै जलविद्युत परियोजनाबाट १ सय ७६ मेघावाट बिजुली उत्पादन हुन्छ। तीमध्ये दुईवटा लिबर्टी र दोर्दीखोला जलविद्युत आयोजना यही भदौमा सक्ने लक्ष्य रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .