ad ad

समाज


ललितपुर महानगरका मेयर महर्जनलाई कोरोना संक्रमण

ललितपुर महानगरका मेयर महर्जनलाई कोरोना संक्रमण

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १२:१७,

 ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ।

बिहीबार ललितपुरकै हरिसिद्धिमा सडक उद्घाटन कार्यक्रममा सहभागी भएका मेयर महर्जनलाई स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पोजिटिभ देखिएको उपमेयर गीता सत्यालले जानकारी दिइन्।

‘मेयर साब सडकसम्बन्धी कार्यक्रममा सहभागी हुन हरिसिद्धि जानुभएको थियो, साँझ टाउ दुख्यो, ज्वरो आउलाजस्तो भयो भनेर भन्नुभएको थियो’, उपमेयर सत्यालले नेपालखबरसँग सत्यालले भनिन्, ‘हिजै कोरोना परीक्षणका लागि स्वाब दिनुभएको रहेछ, केहीबेरअघि आएको रिपोर्टमा कोरोना पोजिटिभ देखियो।’

कोरोना संक्रमण भएपछि महर्जन आफ्नै घरमै आइसोलेसनमा बसेका छन्।

मेयरलाई कोरोना भएपछि सोही कार्यक्रममा सहभागी भएका अरु पनि परीक्षण गराउने तयारीमा छन्।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भदौ १५ गते कोरोना संक्रमण भएको थियो। उनी सोल्टी होटलको आइसोलेसनमा बसेका थिए। शाक्यलाई भदौ २८ गते कोरोना निको भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .