अर्घाखाँचीको शीतगंगा नगरपालिका –१२ मा शुक्रबार दिउँसोदेखि गएको पहिरोमा परी १८ वटा घर बगेका छन्। दिउँसो साढे १२ बजेदेखि पहिरो गइरहेको र मानवीय क्षेति भने हुन नपाएको वडाध्यक्ष वावुराम गैरेले नेपालखबरलाई बताए।
‘गाउँको माथिबाट पहिरो झर्न थालेपछि मान्छे भाग्न सफल भए, अहिलेसम्म १८ वटा घर भत्किएका छन्, त्यहाँका ४२ परिवार भागिसकेका छन्, केही पशु चौपाय र सम्पत्ति भने जोगाउन सकिएन’, वडाध्यक्ष गैरेले भने।
पहिरो प्रभावित क्षेत्रमा अहिले नेपाली सेना प्रहरी लगायत पुगेपनि रात परेकाले केही गर्न नसकिएको र विस्थापित परिवारलाई स्थानीय विद्यालयमा बासोबासको व्यवस्थापन गर्ने काम भइरहेको गैरेले बताएका छन्।
‘पहिरो अहिले पनि गइरहेको छ, घरहरु ढल्नेक्रममा छन् रातभरि कति क्षति हुन्छ, भोलि उज्यालो नभइ अहिले केही गर्न सकिने अवस्था छैन’, वडाध्यक्ष गैरेले भने, ‘ठूलो कुरा भनेको दिउँसो भएकाले मानवीय क्षती भने हुन पाएन।’
प्रतिक्रिया