ad ad

समाज


जंगली जनावरले आधा शरीर खाएको शव फेला

जंगली जनावरले आधा शरीर खाएको शव फेला

नेपालखबर
असोज १४, २०७७ बुधबार १४:५०,

रौतहटमा घाँस काट्न जंगल गएका एक व्यक्तिलाई जंगल जनावरले आक्रमण गर्दा मृत्यु भएको छ।

चन्द्रपुर नगरपालिका ६ चिम्नीका २७ वर्षीय संगम भण्डारीको शव कम्मर मुनिको भाग जंगली जनावरले खाएको अवस्थामा फेला परेको हो। मंगलबार दिउँसो घास काट्न भनी लमाहा जंगल गएका भण्डारी बेलुका अबेरसम्म नफर्किएपछि खोजी गरिएको थियो।

खोजीका क्रममा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सन्तपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले उनको शव कम्मरमुनी जंगली जनावरले खाएको अवस्थामा फेला पारेको हो।

यस्तै, रौतहटमै सशस्त्र प्रहरीले एक वृद्धको शव फेला पारेको छ। रौतहट जिल्लाको गौर नगरपालिका ६ सवगडा स्थित लच्का नजिकैको पोखरीबाट ७५ वर्षीय रम्जन अन्सारीको शव फेला परेको हो।

उनी असोज १२ गते हराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .