ad ad

समाज


उपप्रमुखलाई कोरोना देखिएपछि सिद्धार्थनगर नगरपालिका तीन दिन बन्द

उपप्रमुखलाई कोरोना देखिएपछि सिद्धार्थनगर नगरपालिका तीन दिन बन्द

प्रकाश न्यौपाने
असोज २१, २०७७ बुधबार १२:२५,

उपप्रमुख उमा काफ्लेलाई काेराेना भाइरस संक्रमण पुष्टि भएपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बुधबारदेखि असोज २३ गतेसम्म कार्यालयबाट प्रवाह गरिने अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गरेको छ।

काेराेनाका कारण नगरपालिकामा असहज परिस्थिति निर्माण भएकाले नियन्त्रणका लागि कार्यालयबाट प्रवाह गरिने सेवाहरु तीन दिन बन्द गरिएको निमित्त प्रशासकीय अधिकृत विवेक खनालले जनाए।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा आफूमा कोरोना पुष्टि भएकाे काफ्लेले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन्।

उपप्रमुख काफ्लेले केही दिन यता आफ्नाे सम्पर्कमा रहेका सबैलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहँदै एक हप्ता होम क्वारेन्टिनमा बस्न आग्रह गरेकी छन्। उनी अहिले हाेम आइसाेलेसनमा रहेकाे जनाएकी छन्।

यस्तै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे र सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुलाई पनि कोरोना संक्रमण पुष्टि भएकाे छ। उनीहरु पनि हाेम आइसोलेसनमा छन्। तीनै जनालाई लक्षण भने नदेखिएको जनाइएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .