नेपाल मानव धर्म सेवा समितिको आयोजनामा शुक्रबार ग्लोबल भक्ती संगीत उत्सब हुने भएकाे छ।
आज बुधबार भर्चुअल पत्रकार सम्मेलन गरि कोरोना भाइरसको महामारीको असहज परिस्थितिको चपेटामा परेका मनलाई सांगितिक राहत प्रदान गर्ने तथा नेपाली गीत संगीतलाई प्रवद्र्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएकोे समितीले जनाएको छ।
जुम प्लेटफर्म मार्फत हुने भक्ती संगीत उत्सबमा नेपालसहित १७ वटा देशका कलाकारको प्रस्तुती रहनेछ। सो दिन नेपालसहित, भुटान, बेलायत, क्यानाडा, दुवइ, भारत, अमेरिका, मोरिसस, केन्या, अष्टे«लिया लगायतका देशका कलाकारले प्रस्तुती दिनेछन्। कार्यक्रममा भक्ती संगीतका साथै सांस्तृतिक नृत्यहरु पनि समावेश गरिनेछ।
कार्यक्रमले मानव मनलाइ आनन्द र शान्ति प्रदान गर्नुका साथै नेपाली लोक बाजा र संस्कृतिको प्रवद्र्घन, परम्परागत गायनको प्रचार प्रसार र नेपाली गीत संगीत प्रति युवा पुस्तालाई आकर्षित गर्न सहयोग पुग्ने समितीका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले बताइन्।
साँझ ५ बजेबाट सुरु हुने उत्सबमा आनि छोइङ डोल्मा, वरिष्ठ गिटारिष्ट अनिल शाही, श्याम नेपाली, सीतामैया एण्ड संगम श्रुती ब्याण्ड, मेट्रोनोम ब्याण्ड लगायतले प्रस्तुती दिनेछन्।
यस्तै नेपालका परम्परागत खैजडी, तामाङ सेलो, कौडा लगायतका मौलिक सांस्कृतिक प्रस्तुती पनि कार्यक्रमका आकर्षण रहनेछन्। २९ वटा प्रस्तुती रहने कार्यक्रममा जुम मार्फत संसारभरीबाट सहभागी हुन सकिने समितिले जनाएको छ।
प्रतिक्रिया