ad ad

समाज


रुकुम हत्याकाण्ड : थुनुवा छाड्नेबारे न्यायाधीशको मत बाझियो, तेस्रो न्यायाधीशकोमा सुनुवाइ हुँदै

रुकुम हत्याकाण्ड : थुनुवा छाड्नेबारे न्यायाधीशको मत बाझियो, तेस्रो न्यायाधीशकोमा सुनुवाइ हुँदै

नेपालखबर
असोज २६, २०७७ सोमबार ७:२८,

रुकुम पश्चिमस्थित साेतीमा ६ जनाको ज्यान जाने गरी गत जेठमा भएको हत्याकाण्डका केही आराेपितलाई थुनाबाट छाड्ने नछाड्नेबारे उच्च अदालत सुर्खेतमा सुनुवाइ भइरहेको छ।

यसअघि आइतबार न्यायाधीश कुमार चुडाल र सुदर्शनदेव भट्टको संयुक्त इजालसमा सुनुवाइ भएपनि आदेश आउन सकेन।

दुई न्यायाधीशबीच केही थुनुवालाई छाड्ने विषयमा मत बाझिँदा आदेश आउन नसकेपछि सोमबार तेस्रो न्यायाधीशकोमा सुनुवाइ भइरहेको हो।

सोमबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजालसमा सुनुवाइ भइरहेको उच्च अदालत सुर्खेतले जनाएको छ।

भदौ २४ गते जिल्ला अदालत रुकुम पश्चिमको आदेशविरुद्ध उच्च अदालतमा अभियुक्तले रिट दायर गरेका थिए।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको मुद्दा लगायतको अभियोगमा जिल्ला अदालतले वडाध्यक्षसहित २३ जनालाई पूर्वपक्षका लागि थुनामा पठाएको थियो ।

युवतीसहित दुई जनालाई बाल सुधार गृहमा, तीन जना तारेखमा र एक जना एक लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको थियो।

पक्राउ परेका व्यक्तिका तर्फबाट जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा रिट परेको हो।

रिटमाथि केही थुनुवालाई छाड्ने कि पुर्पक्षका लागि थुनामै राख्ने भन्ने विषयमा मत बाझिएको अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए।

तेश्रो न्यायाधीशको इजालसले निर्णय गर्न नसके र फरक मत राखेमा उक्त रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतमा हुनेछ।

गत जेठ १० गते अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विकसहित ६ जनाको हत्या भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .