इन्डियन प्रिमियर लिगमा धोनी आवद्ध टोली चेन्नाई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सलाई पराजित गरेपछि ती किशोरले धोनीकी पाँच वर्षकी छोरी जिभा धोनीलाई बलात्कार गर्ने भनेर इन्स्टाग्राममा लेखेका थिए।
धोनीकी श्रीमती साक्षीको इन्स्टा अकाउन्टमा त्यस्तो म्यासेज आएको प्रहरीले बताएका छन्।
बलात्कारको धम्कीको म्यासेज देख्ना साथ प्रहरीलाई खबर गरिएको थियो।
आइतबार गुजरातको प्रहरीले किशोरलाई पक्राउ गरेको जनाइएको छ। प्रहरी समक्ष १२ कक्षामा पढ्ने ती किशोरले आफ्नो गल्तीलाई स्वीकार गरेको बताइएको छ।
पछिल्लो समय भारतमा बलात्कारको गतिविधि बढीरहेको समयमा धोनीकी सानी छोरीमाथि बलात्कारको धम्की आएको टाइम्स नाउले जनाएको छ।
प्रतिक्रिया