ad ad

समाज


चक्रवातका कारण भारतमा भीषण वर्षा, सडक बन्याे नदी

चक्रवातका कारण भारतमा भीषण वर्षा, सडक बन्याे नदी

नेपालखबर
असोज २८, २०७७ बुधबार ४:१६,

चक्रवात (सामुद्रिक आँधी) का कारण भारतमा भीषण वर्षा हुँदा अहिलेसम्म कम्तीमा ७ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको हो। वर्षाका कारण सडक नदीजस्तै बनेका छन्।

telangana

तेलंगनाको राजधानी हैदराबादमा मंगलबार दिउँसो भारी वर्षा भएको हो। जसका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ। वर्षाले तेलंगनाको मेडचल-मलकजगिरी जिल्लाको घाटकेसर क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ।

जहाँ मंगलबार बिहान सुरु भएको वर्षा बुधबार बिहान ५ बजेसम्म जारी छ। हैदरबादमा २० वर्षयता यति ठूलो वर्षा भएको थिएन।

हैदराबादका धेरै तराई क्षेत्रमा बाढी आएको छ र त्यहाँका घर जलमग्न भएका छन्। त्यहाँको हुसैन सागर तालको जलस्तर निकै माथि पुगेको छ।

खैराताबाद, टोली चौकी, बोरबण्ड, सिकन्दराबाद, अम्बरपेट, अलबिनगर, वनस्थलीपुरम, हयातनगर र अब्दुल्लापुर क्षेत्रमा भारी वर्षाका कारण अवस्था एकदम खराब भएकाे बीबीसी हिन्दीले जनाएकाे छ। 

भारी वर्षालाई ध्यानमा राख्दै सुरक्षाका लागि सहरका थुप्रै भागमा विद्युत् आपूर्ति बन्द गरिएकाे छ। 

आन्ध्र प्रदेशकाे नरसापुरम-काकीनाडा नजिक मंगलबार बिहानै चक्रवात पुगेको हो। जसका कारण कृष्णा, उभाया गोदावरी और उत्तराञ्चल जिल्लामा सतर्कताका लागि चेतावनी जारी गरिएकाे छ।

telagu

सोमबार बिहानदेखि मंगलबार बिहानसमम १२९ क्षेत्रमा ११.५६ सेमि र २०.४४ सेमि वर्षा भएको छ। पश्चिम गोदावरी जिल्लामा औसत १८ सेमि वर्षा भएको त्यहाँका मौसमविद्ले बताएका छन्।

त्यहाँकाे सरकारका अनुसार राज्यभरमा वर्षाका कारण अहिलेसम्म कम्तीमा ७ जनाको मृत्यु भएको छ। उपमुख्यमन्त्री अल्ला नानीले पीडित परिवारलाई सहायता गर्ने आश्वासन दिएका छन्।  

indiabadhi

भारतको मौसम विभागले आन्ध्र प्रदेशमा चक्रवात अझै शक्तिशाली बनिरहेकाले अरु दुई दिनसम्म भारी वर्षा जारी रहने सम्भावना रहेको जनाएकाे छ।

बंगालको खाडीमा बनेको त्यो चक्रवातको असर नेपालमा भने खासै नपर्ने यहाँका मौसमविद्ले बताइरहेका छन्।

माथिका तस्बिर : भारतका विभिन्न स्थानमा वर्षाका कारण आएको बाढी (बीबीसी हिन्दीबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .