ad ad

समाज


बोलेरो दुर्घटनामा ६ जना घाइते

बोलेरो दुर्घटनामा ६ जना घाइते

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार १५:११,

पाँचथरको याङवरक गाउँपालिका २ फलैंचागढीमा आज बोलेरो जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार याङवरक–१ च्याङथापूबाट फिदिम आउँदै गरेको प्रदेश नं. १–०१–००१ च ७५२८ नम्बरको बोलेरो जिप आज विहान याङवरक–२ गढी भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करीब एक सय मिटर तल झरेर दुर्घटना भएको हो।

दुर्घटनामा बोलेरो चालक याङवरक–२ का २२ वर्षीय डिल्ली अधिकारीसहित ६ जना घाइते भएका छन्।

दुर्घटनामा याङवरक–२ का दीपक प्याकुरेल, सोही स्थानकी सुस्मा बेघा लिम्बू, झापाको वुद्धशान्ति गाउँपालिका–३ का पुष्प खनाल, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ का शेरबहादुर चौहान र झापाको मेचीनगर नगरपालिका–१४ का विष्णुप्रसाद ओझी घाइते भएको प्रहरी जनाएको छ।

घाइतेहरुलाई थप उपचारका लागि झापा पठाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .