ललितपुर जिल्ला प्रशासनले आइतबारदेखि सो जिल्लामा अत्यावश्यक बाहेकका सेवाप्रवाह स्थगित गर्ने भएको छ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिकरुपमा फैलिरहेका कारण सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीहरुको भिडभाड हुँदा संक्रमण फैलन सक्ने उच्च जोखिम रहेका कारण सो कदम चालिएको ललितपुर प्रशासनले जनाएको छ।
‘कात्तिक २ गतेबाट अर्को सूचना नभएसम्मका लागि यस जिल्लाभित्र अत्यावश्यक सेवाहरु बाहेकका सेवाप्रवाह स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ।
प्रशासनद्वारा जारी सूचना:
348
Shares
प्रतिक्रिया