ad ad

समाज


शनिबार बिहानै घुस लिएको १२ हजार नगदसहित वनरक्षक पक्राउ

शनिबार बिहानै घुस लिएको १२ हजार नगदसहित वनरक्षक पक्राउ

नेपालखबर
कात्तिक १, २०७७ शनिबार ४:३१,

अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले रुपन्देहीबाट शनिबार बिहान बनरक्षक प्रेमचन्द्र बिकलाई १२ हजार रुपैयाँ घूस रकमसिहत नियन्त्रणमा लिएको छ।

अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले सव डिभिजन वन कार्यालय मुर्गियामा कार्यरत बिकलाई रंगेहात पक्राउ गरेको हो।

उनले काठ ओसारपसारमा सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा अनुसन्धानमा खटिएको टोलीले विकलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश भुसालले जानकारी दिए।

शनिबार बिहान पौने ९ बजे उनी पक्राउ परेका हुन्। उनको साथबार प्रहरीले १२ हजार रुपैयाँ बरामद गरेको छ। उनलाई सैनामैना ६ कलौनीचोकबाट रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको भुसालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .