ad ad

समाज


एपीएफद्वारा १४ लाख मूल्य बराबरको चोरीपैठारीका सामान बरामद

एपीएफद्वारा १४ लाख मूल्य बराबरको चोरीपैठारीका सामान बरामद

नेपालखबर
कात्तिक २, २०७७ आइतबार १३:२१,

सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट करीब सात लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। बरामद लत्ताकपडा भन्सार कार्यालय रानीमा बुझाईएको छ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपारासीबाट खटिएको एपीएफ टोलीले करीब पाँच लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लेडिज कपडा बरामद गरेको छ।

भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ४४१७ र लु २ ख २२६९ नम्बको यात्रुवाहक बसमा जाँच गर्दा उक्त बसभित्र बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको दुई हजार सात सय ५७ पिस लेडिज कपडा एपीएफ टोलीले पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका १० पितौजीबाट बरामद गरेको हो।

बरामद कपडा भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .