गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान दिएको जनाकारी अनुसरा गण्डकीमा नवलपरासीपूर्वका १ र म्याग्दीका १ गरी दुई जनाको मृत्यु भएको हो।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोविन्दु शर्माका अनुसार मृत्यु हुनेमा नवलपरासीपूर्वको गैंडाकोट–७ का ५० वर्षीय रहेका छन्। उनको मंगलबार चितवन मेडिकल कलेज, चितवनको कोभिड आईसीयूमा उपचारको क्रममा निधन भएको हो।
त्यस्तै म्याग्दीको धौलागिरी–७ का ८५ वर्षीय पुरुषको मंगलबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको कोभिड आईसीयूमा उपचारको क्रममा निधन भएको हो ।
त्यस्तै बुधबार गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार १०५ पुगेको छ।
प्रतिक्रिया