ad ad

समाज


रानीपोखरीले पुनर्जीवन पायो, अब २२ तल्लाको धरहरा पुसमा पूरा गर्छौं : ज्ञवाली (पूर्ण पाठ)

रानीपोखरीले पुनर्जीवन पायो, अब २२ तल्लाको धरहरा पुसमा पूरा गर्छौं : ज्ञवाली (पूर्ण पाठ)

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ७:५,

पुर्नर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्माणाधिन धरहराको मूल संरचना पुस महिनाभित्र सम्पन्न गर्ने बताएका छन्।

उनले यहि आर्थिक वर्षभित्र मूलभूत रुपमा पुनर्निर्माणका कार्यहरु सम्पन्न गर्ने जनाएका छन्।

‘हामीले यहीँ मंसिर महिनाभित्र सिंहदरबारको मूख्य भागको पुनर्निर्माण सम्पन्न गरी प्रधानमन्त्री कार्यालय सार्ने लक्ष्यसहित काम गरिरहेका छौँ,’ ज्ञवालीले बुधबार पुर्नर्निमित रानीपोखरी उद्घाटन कार्यक्रममा भने, ‘धरहराको सत्रौँ तल्लाको कार्य आजै सम्पन्न हुनेछ र यही पौष महिनाभित्र सम्पूर्ण २२ तल्लासहित धरहराको मूल संरचना सम्पन्न गर्नेछौँ।’

उनका अनुसार पुनर्निर्माण गर्नुपर्ने करिब ८ लाख नीजि घरहरु मध्ये करिब ७६ प्रतिशत सम्पन्न भएको छ भने करिब १६ प्रतिशत निर्माणाधिन अवस्थामा छन्।

‘विद्यालय तर्फ ८० प्रतिशत, स्वास्थ्य संस्था तर्फ ५८ प्रतिशत, सरकारी भवन तर्फ ९० प्रतिशत र पुरातात्विक सम्पदा तर्फ ५० प्रतिशत प्रगति हासिल भैसकेको छ भने बाँकी पुनर्निर्माण भैरहेका छन्,’ उनले भने।

ज्ञवालीले रानीपोखरीको पुनर्निर्माणलाई रानीपोखरीमा मात्र सीमित नराखी यसलाई रत्‍नपार्क, खुलामञ्‍च, टुँडिखेल, भृकुटीमण्डप, शहिदगेट र दशरथ रंगशालासँग एकीकृत गर्दै वृहत्तर गुरुयोजनाको खाका तयार पारेको बताए।

उनका अनुसार विभिन्न सरोकारवालाहरुको सुझावसहित उनले सो खाकालाई अन्तिम चरणमा पुर्‍याएका छन्।

‘यस्तै हामीले सात वटै विश्‍व सम्पदा क्षेत्र, नारायण हिटी संग्राहलय एवं केन्द्रीय कारागार क्षेत्रमा लोकतान्त्रिक संग्राहलयका निम्ति समेत बृहत्तर गुरुयोजनाका खाकाहरु तयार पारेका छौँ,’ उनले भने, ‘सम्बद्ध सरोकारवालाहरुको सहभागिता र अपनत्वमा आधारित भई तयार पारिने उक्त गुरुयोजनाहरुको कार्यान्वयन प्राधिकरणले आफ्नो कार्य अवधि भित्र सम्पन्न गर्न नसकेता पनि हाम्रा सम्बद्ध निकायहरुलाई यसले स्पष्ट मार्गचित्र प्रदान गर्नेछ भन्ने हामीले अपेक्षा लिएका छौँ।’

रानीपोखरी उद्घाटन कार्यक्रममा ज्ञवालीले दिएको मन्तव्यको पूर्ण पाठ: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .