ad ad

समाज


दसैंमा गाउँ जान आफ्नै र रिजर्भ गाडीको प्रयोग बढी

दसैंमा गाउँ जान आफ्नै र रिजर्भ गाडीको प्रयोग बढी

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार ८:३०,

कोभिड १९का कारण यो वर्षको दशैंमा उपत्यका छाड्नेमा साना गाडी बढेका छन्। ठुला गाडीमा कोरोना लाग्नसक्ने डरले साना गाडीमा जानेको संख्या बढेको हो।

विगतका वर्षको तुलनामा उपत्यका छाड्नेको संख्या न्युन रहेको छ।

बिहिबार उपत्यका छाड्नेको संख्या साढे २६ हजार मात्रै रहेको थियो। जसमा करिब ४ हजार गाडीले उपत्यका छाडेको ट्राफिक प्रहरीले जनाएको छ। 

गतवर्ष दशैंको बेलामा दैनिक १७/१८ हजार गाडीले उपत्यका छाड्ने गरेका थिए। यो वर्ष ४ देखी ५ हजारमै सिमित रहेको छ।

दशैंमा ठुला तथा मान्यजनबाट अक्षता सहित आर्शिवाद लिन चलन रहेको छ। सरकारले दशैंमा यात्रागर्दा कोरोना संक्रमण फैलनसक्ने भन्दै फोन वा भिडियोबाटै आशिरवाद लिन आग्रह गर्दै आएको छ।

माहामारीको अवस्थामा यात्रा गर्नै पर्नेले पनि निजी गाडीको प्रयोग गर्ने गरेका छन्। यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले यो वर्षको दशैंमा निजी गाडी चढ्नेको संख्या बढेको बताए। 

‘कोरोना फैलने डर सबैलाई छ। आफ्ना निजी गाडीहुनेले त सार्वजनिक यातायात प्रयोग गरेकै छैनन,’ कर्मचार्यले भने ‘लामो दुरीको यातायात गर्नेले पनि निजीगाडीको प्रबन्ध नभए मात्रै सार्वजनिक यातायात प्रयोग गरेका छन्।’ 

उनले मोटरसाइकल वा कार हुनेहरु आफ्नै सवारी प्रयोग गरिरहेको बताए। 

‘गत वर्षको दशैंमा पनि मोटरसाइकल तथा निजी गाडीमा यात्रा गर्ने हुन्थ्ये तर यो वर्ष यात्रुकम हुँदा सार्वजनिक यातायात कम चलेकाले निजी गाडीको प्रयोग धेरै देखिएको हो,’ योगेन्द्र कर्मचार्यले भने। 

धेरै यात्रु त दशैंमा पनि यात्रा गरेका छैनन्। शहरमा अध्ययन तथा रोजगारीका लागि आएका पनि लकडाउन अघि र लकडाउनको समयमा आफ्नो गाउँ फर्किएका छन्। अहिले शहरमा रोजागारी वा व्यवासय गरेका मानिस रहेका थिए। 

‘यो वर्ष दशैंमा घर नजाउँ भनेको घरमा जसरीपनी आउन भनेका छन्,’दाङ घर भएकी एक यात्रुले भनिन् ‘ बसमा जान डर छ। त्यसैले २ वटा परिवार मिलेर सानो गाडी रिजर्भ गरेर जाँदै छौं।’ 

यातायात व्यवसायीहरु सार्वजनिक यातायात भन्दा निजी सावरीले बढी पैसा कमाएको बताउँछन्। धेरै परिवार लामो दुरीमा जानै परे हवाई यात्राको प्रयोग गर्ने र नभए निजी सवारी साधन प्रयोग गर्ने गरेका छन्। 

ट्राफिक प्रहरीका अनुसार पनि यो वर्ष उपत्यका छाड्नेमा साना सवारी साधन बढी रहेका छन्। 

‘विद्यार्थीहरु चैतमा गएका गाउँ वा आफ्नो घरमै थिए। उपत्यकामा रोजगार वा व्यवसाय गर्नेहरु निजी गाडी प्रयोग गरेका छन्,’ ट्राफिक प्रहरीका प्रवक्ता एसपी रामेश्वर प्रसाद यादवले भने ‘आफ्नो गाडी हुने आफ्नैमा गएका छन् नहुने अरु रिजर्भ गरेर गएको पनि गएको पाइन्छ।’

ट्राफिक प्रहरीका अनुसार कार्तिक १ गते घटस्थापनाको दिन ४ हजार ७ सय २१ गाडीले उपत्यका छाडेका थिए। जसमा २१ हजार ४ सय यात्रु बाहिरिएका थिए। त्यसपछिका ५ दिनमा गाडीको संख्या उही छ यात्रुको संख्या २६ हजारसम्म पुगेको छ।

यातायात व्यवसायीले विगतका दशैंमा काठमाडौं उपत्यका २० लाखबढीले छड्ने गरेका थिए। असोज १ देखी कार्तिक ६ गतेसम्म जम्मा ७ लाख २३ हजारले उपत्यका छाडेका छन् । चैत १० देखी बन्द भएका लामोदुरीका सार्वजनिक यातायात असोज १ देखी खुल्ला गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .