सञ्चारकर्मी रवी लामिछानेका पतिपत्नी दुबैलाई कोरोना संक्रमण भएको छ।
लामिछानेले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफू र पत्नी निकिता पौडेल दुबैलाई संक्रमण भएको जानकारी दिएका छन्। उनले केही पेशागत क्रियाकलाप र केही आफ्नै लापरबाहीले आफूलाई संक्रमण भएको हुन सक्ने बताएका छन्।
‘मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पिसिआर गर्दा म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ,’ ट्विटरमा उनले लेखेका छन्, ‘केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्छ। घरमा हामी दुई मात्र छौं, धेरै समस्या छैन तर घरमा बृद्ध अवस्थाका सदस्यहरु हुनेले लापरबाही नगरौं।’
— Rabi Lamich2ane (@hamrorabi) October 29, 2020मंगलबार रातिबाट हल्का ज्वरो आएपछिPCR गर्दा म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ।हामी दुबैको स्वास्थ सामान्य छ।केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्छ। घरमा हामी दुई मात्र छौ,धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले लापरबाही नगरौं।
प्रतिक्रिया