ad ad

समाज


पाल्पामा टिपरको ठक्करबाट ८ जना घाइते

पाल्पामा टिपरको ठक्करबाट ८ जना घाइते

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार ०:३९,

पाल्पामा टिपरले बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्। घाइते सबै बसका यात्रु हुन्।

पाल्पा-बुटवल सडकको सिद्धार्थ राजमार्गमा पर्ने तानसेन नगरपालिका ७ बाँसटारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बिहीबार दिउँसो पाल्पाबाट बुटवल जाँदै गरेको लु २ ख ३०६७ नम्बरको टिपरले बुटवलबाट पाल्पा तर्फ जाँदै गरेको लु १ ख ९९८२ बसलाई ठक्कर दिँदा बसमा सवार आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। टिपर चालकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .