ad ad

समाज


रोमानियाका ५ सय नेपाली कोरोना संक्रमित

रोमानियाका ५ सय नेपाली कोरोना संक्रमित

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार ३:२९,

रोमानियामा झण्डै पाँच सय नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

युरोपेली मुलुक रोमानियामा संक्रमित भएका नेपालीमध्ये दुई दर्जनको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

केही नेपाली उपचारपछि ठिक भएका छन्। करिब डेढ सय संक्रमित अहिले पनि घरैमा आइसोलेसनमा बसेका रोमानियाका लागि नेपाली वाणिज्यदूत नवराज पोखरेलले जानकारी दिए।

अस्पतालहरू कोभिड–१९ का बिरामीले भरिएपछि सरकारले सामान्य अवस्थाका बिरामीलाई घरमै बस्न रोमानिया सरकारले आग्रह गर्दै आएको छ। राजधानी बुखारेस्टका अधिकांश अस्पताल कोभिड–१९ का बिरामीले भरिएका छन्।

रेस्टुरेन्ट, भवन निर्माणलगायत क्षेत्रमा काम गर्ने नेपालीमा कोरोना संक्रमण पाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .