ad ad

समाज


अब टेकू अस्पतालमा जटिल अवस्थाका संक्रमितले दैनिक १५ हजारसम्म तिर्नुपर्ने

अब टेकू अस्पतालमा जटिल अवस्थाका संक्रमितले दैनिक १५ हजारसम्म तिर्नुपर्ने

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार १५:४६,

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना संक्रमितको उपचारका लागि दैनिक शुल्क तोक्नुका साथै धरौटी माग्न थालेको छ।

अस्पतालले एक सुचना जारी जटिल अवस्थाका बिरामीले दैनिक १५ हजारसम्म उपचार खर्च तिर्नुका साथै ५० हजारसम्म धरौटी राख्नुपर्ने जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कार्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय गरेको अस्पतालले जनाएको छ।

अस्पतालले आइसीयू र भेन्टिलेटर चाहिने जटिल केसका लागि ५० हजार धरौटी र दैनिक १५ हजार उपचार खर्च लाग्ने अस्पतालले जनाएको छ।

आइसीयूमा मात्रै राख्नुपर्ने जटिल र मध्यम जटिललाई दैनिक ७ हजार ५ सय उपचार खर्च र ३० हजार धरौटी,

ग्यास्ट्रो आइसोलेसनमा राखिने मध्यम जटिलका लागि दैनिक ३५ सय उपचार खर्च र २० हजार धरौटी रकम अस्पतालले माग गरेको छ।

यस्तै सरकारी मापदण्डमा पर्ने गरिब तथा असहायहरुका लागि भने अस्पतालका प्रमुख/ वरिष्ठ कन्सल्टेण्ट र निर्देशकको लिखित निर्णयमा बिरामीको आर्थिक अवस्था, औचित्यता र आवश्यकताका आधारमा उपचार खर्चमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिन सकिने अस्पतालले जनाएको छ।

त्यसका लागि सम्बन्धित व्यक्तिले परिचयपत्र देखाउँनुपर्ने अस्पतालको सुचनामा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .