ad ad

समाज


फ्रान्समा फेरि हमला, गोली लागेर पादरी घाइते

फ्रान्समा फेरि हमला, गोली लागेर पादरी घाइते

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार २३:३०,

फ्रान्समा फेरि अर्काे हमला भएको छ।

चक्कुले हानेर तीन जनाको हत्या भएको घटना सेलाउन नपाउँदै लियोन सहरमा फेरि एक जना पादरीलाई गोली हानिएको हो।

त्यहाँको प्रहरीका अनुसार गोली लागेर ती पादरी घाइते भएका छन्। गोली हानेर आक्रमणकारी फरार भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार चर्चकाे ढाेका बन्दै गरेका बेला पादरीलाई स्थानीय समयानुसार साँझ ४ बजेतिर गाेली हानिएकाे थियाे। 

एक प्रहरी स्रोतलाई उधृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएअनुसार एक जना आक्रमणकारी एउटा सटगनका साथ आएका थिए। उनी गोली हान्नेबित्तिकै भागेका थिए।

पादरीको अवस्था गम्भीर छ। उनको परिचय खुलाइएको छैन।

बीबीसीका अनुसार फ्रान्सको गृह मन्त्रालयले ट्विट गरेर अन्यलाई आक्रमण नहोस् भनेर तुरुन्त सुरक्षा बल पठाइएको जानकारी दिएको छ।

यसअघि फ्रान्सकाे दक्षिणी सहर निसस्थित एक चर्चमा चक्कुले हानेर तीन जनाकाे हत्या गरिएकाे थियाे।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले घटनलाई 'इस्लामी आतंककारी हमला' भनेका थिए। र, उनले प्रार्थना स्थललगायत सार्वजनिक स्थानमा थप सुरक्षाकर्मी परिचालन गरेका छन्।

तीन जनाकाे हत्याअघि पनि फ्रान्सकाे राजधानी पेरिसमा एक जनाकाे शिक्षककाे शिर काटिएकाे थियाे। 

याे पनि : 

फ्रान्सको गिर्जाघरमा चक्कु आक्रमण: तीन जनाको मृत्यु

फ्रान्समा एक ‘आतंककारी’ले शिक्षकको शिर काटे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .