ad ad

समाज


जब पेट दुखाइको दबाइ भनेर महिलालाई कण्डम दिइयो!

जब पेट दुखाइको दबाइ भनेर महिलालाई कण्डम दिइयो!

नेपालखबर
साउन १२, २०७६ आइतबार ११:३०,

भारतको झारखण्ड राज्यमा एक अस्पतालले पेट दुखेको दबाइ लिन आएकी महिलालाई कण्डम दिएर पठाएको छ।

गत जुलाई २३ तारिखका दिन राँची जिल्लाकी एक महिला घाटसिला सरकारी अस्पतालमा पेट दुखेकाले उपचारका लागि गएकी थिइन्।

डाक्टर अस्रफ बादरले ती महिलाको चेक जाँच गरेका थिए। उनले ती महिलाका लागि दबाई लेखिदिएका थिए।

तर डाक्टरले लेखिदिएको दबाइको पुर्जी दिँदा फार्मेसीले आफूलाई कण्डम दिएर पठाएको ती महिलाले बताएकी हुन्।

यससँगै यस विषय गम्भीर बनेको छ। इन्डिया टुडेका अनुसार झारखण्डको संसदमा यस विषय उठेको छ।

नेता कुनार सारंगीले यस विषय जोडका साथ उठाएका छन्। उनले झारखण्डको सरकारी अस्पतालको गुणस्तर र विश्वस्नीयता घटेको बताएका छन्।

अस्पताल स्रोतले झुक्किएर गलत पुर्जी ती महिलालाई वितरण भएको हुनसक्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .