चीनको एक कोइला खानीमा ग्यास बिस्फोट हुँदा आठ मजदुर बेपत्ता भएका छन्।
चीनको उत्तर पश्चिमी प्रान्त शान्सीमा रहेको एक कोइला खानीमा बुधबार भएको ग्यास बिस्फोटमा परी आठ व्यक्ति वेपत्ता भएका चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।
स्थानीय समयानुसार बुधबार दिउँसो १ बजे घटना भएको हो। कोइला खानीमा ४२ कामदार कार्यरत थिए।
वेपत्ता व्यक्तिहरुको खोजी र उद्धारकार्य जारी रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन्।
प्रतिक्रिया