ad ad

समाज


आज पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ : मौसमविद्

आज पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ : मौसमविद्

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार २:५७,

आज (बिहीबार) पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

अहिले भने पहाडी क्षेत्रमा आंशिक बदली छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

तर दिउँसो पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले नेपालखबरलाई जानकारी दिइन्।

उनका अनुसार अहिले (बिहीबार बिहान ८:३० बजे) काठमाडौं उपत्यकाको तापक्रम १५ डिग्री सेल्सियस छ। ‘पौने ९ बजे हामी पुनः अपडेट लिन्छौं,’ मौसमविद् शाक्यले भनिन्।

उनका अनुसार देशका कुनै पनि स्थानमा तापक्रम शून्य वा माइनसमा झरेकाे छैन। बुधबार सबैभन्दा कम जुम्लामा १ डिग्री सेल्सियस न्यूनतम तापक्रम देखिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .