ad ad

समाज


किशोर-किशोरीको विवाह हुँदै गरेको ठाउँमा जब जनप्रतिनिधि पुगे...

किशोर-किशोरीको विवाह हुँदै गरेको ठाउँमा जब जनप्रतिनिधि पुगे...

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार ३:३३,

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एक जोडी किशोर-किशोरीको हुनै लागेको विवाह अभिभावकको आग्रहमा रोकिएको छ। स्थानीय जनप्रतिनिधिको सक्रियतामा बाल विवाह रोकिएको हो।

१८ वर्षीय किशोर र १७ वर्षीया किशोरीबीच विवाह हुँदै गरेको ठाउँमा जनप्रतिनिधिले हस्तक्षेप गरेका हुन्। कानुनीरुपमा दण्डनीय र सामाजिक समस्याको रुपमा रहेको बालविवाह रोक्न मकवानपुरगढीका जनप्रतिनिधि सक्रिय हुन थालेका छन्।

गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाको नेतृत्वमा गएको टोलीले मकवानपुरगढी गाउँपालिका–१ गुर्दुम डाँडामा हुँदै गरको बालविवाह रोकिएको गाउँपालिकाका कानूनी सहजकर्ता रामशरण शर्माले जानकारी दिए।

किशोरकिशोरीबीच विवाह हुँदै गरेको सूचना अभिभावले गरेपछि गाउँपालिकाकी उपाध्यक्ष रुम्बा, वडाध्यक्ष आइतसिंह लो, गाउँपालिकाको महिला, बालबालिका शाखाकी प्रमुख मन्दिरा थापा, कानूनी सहजकर्ता रामशरण शर्मासहितको टोली किशोरीको घरमा पुगेका थिए।

स्थानीय १८ वर्षीय किशोर र छिमेकी गाउँपालिका बकैया–४ की १७ वर्षीया किशोरीबीच भएको बालविवाह रोकिएको गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले बताइन्।

बकैयास्थित आफन्तको घरमा गएको बेला छोराले विवाह गरेको खबर पाएपछि किशोरका अभिभावक तथा साथीहरुले किशोरलाई विवाह रोक्न सम्झाएका थिए। किशोरले नमानेपछि गाउँपालिकाकै पहलमा बालविवाह रोकिएको हो।

बालविवाह गरेका किशोरीलाई मनोसामाजिक परामर्शका लागि हेटौंडास्थित सिविन बाल हेल्पलाइनको कार्यालयमा पठाइएको छ। किशोरीलाई लिएर गाउँपालिकाकी उपाध्यक्ष रुम्बा आफैँ सिविन बाल हेल्पलाइनको कार्यालय पुगेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .