नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा १ हजार ३९८ सहित देशभरमा थप ३ हजार ५१ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार उपत्काका काठमार्डौँमा १ हजार ९१, भक्तपुरमा १४७, ललितपुरमा १६० जनामा संक्रमण देखिएको हो।
त्यस्तै बढी संक्रमित थपिने अरु जिल्लामा पाल्पा ३१८, रुपन्देही १४२, कास्की १२३, मोरङ १२१, झापा ११०, सुनसरी १०३, चितवन ९७ रहेका छन्।
मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको १ लाख ८५ हजार ९७४ संक्रमितको संख्या पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ।
हेरौँ आज कुन जिल्लामा कति संक्रमित थपिए?
3
Shares
प्रतिक्रिया