ad ad

समाज


तीन दिने भ्रमण सकेर साढे ४ बजे स्वदेश फर्किँदै नरवणे, विशेष विमान काठमाडौं आइपुग्यो

तीन दिने भ्रमण सकेर साढे ४ बजे स्वदेश फर्किँदै नरवणे, विशेष विमान काठमाडौं आइपुग्यो

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार ८:४१,

तीन दिने नेपाल भ्रमण सकेर भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आज अपराह्न स्वदेश फर्किँदै छन्। उनी साढे ४ बजे स्वदेश फर्किने कार्यतालिका रहेको विमानस्थल स्रोतले जानकारी दिएको छ।

नरवणेलाई लिनका लागि इन्डिया एयरफोर्सको विशेष विमान काठमाडौं आइपुगेको छ। यसअघि बुधबार उनलाई ल्याएर सोही दिन दिल्ली फर्किएको विमान शुक्रबार ११ बजेतिर काठमाडौं अवतरण गरेको विमानस्थल सुरक्षा स्रोतले जानकारी दिएको छ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा श्रीमती विनासहित बुधबार उनी नेपाल आएका थिए। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी थिइन्।

शुक्रबार माउण्टेन फ्लाइटमार्फत सगरमाथासहित हिमालको अवलोकन गरेका नरवणेले काठमाडौं आएकै दिन पशुपति र कुमारी देवीको दर्शन गरेका थिए।

बुधबार प्रधानसेनापति थापा र राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका उनी साँझ प्रधानसेनापतिले गरेको रात्रिभोजमा सहभागी भए। शुक्रबार स्वदेश फर्किनुअघि रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने चलनअनुसार उनी सम्मान ग्रहणका लागि बुधबार नेपाल आएका थिए। नेपाली सेनाको १८औँ मानार्थ महारथी बनेर स्थल सेनाध्यक्ष नरवणे स्वदेश फर्किन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .