ad ad

समाज


बलात्कार आरोपी शिक्षक रिहाइको आदेश पुनरावेदनमा

बलात्कार आरोपी शिक्षक रिहाइको आदेश पुनरावेदनमा

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार १६:१४,

किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका एक शिक्षक जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएपछि पीडितका आफन्त आक्रोशित बनेका छन्। उक्त आदेशको उच्च अदालत दिपायलमा पुनरावेदन हुने भएको छ।

डोटीको केआइसिंह गाउँपालिकास्थित झिमेमालिका माध्यमिक विद्यालयका शिक्षक सोफिनाथ भट्टलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारेखमा छाडेको भन्दै उनीहरु आक्रोसित भएका हुन्।

अदालतका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले बलात्कारको आरोप लागेका भट्टबाट रु तीन लाख धरौटी लिइ तारेखमा छाड्न आदेश दिएको थियो। शिक्षक भट्टलाई सो गाउँपालिका–४ की १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ।

आरोपी छाड्ने आदेश चित्त नबुझेपछि सरकारी वकिलको कार्यालय, डोटीले उच्च अदालत दिपायलमा पुनरावेदन गरेको सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता पूर्णबहादुर केसीले जानकारी दिए।

शिक्षक भट्टले विद्यालयको वनभोजमा गएका बेला खिचिएको तस्बिर देखाएर ‘ब्ल्याकमेल’ गर्दै पटकपटक बलात्कार गरेको किशोरीको आरोप छ।

यही कात्तिक १ गते जिल्ला अस्पताल डोटीमा किशोरीको गरिएको स्वास्थ्य परीक्षणमा उनको पेटमा १३ साता ४ दिनको गर्व रहेको पुष्टि भएपछि शिक्षक भट्टलाई थप कानूनी कारवाहीका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ। ती किशोरीले काठमाडौं गएर गर्भपतन गराइसकेको बताइएको छ।

मुलुकी फौजदारी संहिता २०७४ अनुसार यस्ता आरोपीलाई तत्काल फेला परेका प्रमाणका आधारमा कम्तीमा सातदेखि १० महिनासम्म कारागारमा राखी पूर्पक्ष गर्न सकिने व्यवस्था छ।

जिल्लामा पछिल्लो समय महिला तथा किशोरी बलात्कारका घटना र उजुरीको क्रम बढ्दै गएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले भने, ‘बलात्कारका घटना पहिले गाउँ समाजमै मिल्ने गरेका थिए, पछिल्लो समय प्रहरीको सक्रियता बढेपछि अहिले अधिकांश बलात्कारका मुद्दा प्रहरी कहाँ आउन थालेका छन्, त्यसैले सङ्ख्या बढेको देखिन्छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .