नेपालमा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण देखिएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले ६ हजार ७३१ जनाको पीसीआर परीक्षणका क्रममा १४ सय ४२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
आज तीन हजार ५३८ संक्रमणमुक्त भएका छन्। योसँगै आजसम्म एक लाख ८२ हजार ७८० जना कोरोना संक्रमणमुक्त भएका छन्।
आज थप १२ जनाको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।
33
Shares
प्रतिक्रिया