ad ad

समाज


काठमाडौंको मातातीर्थमा सशस्त्रको गुल्मपति तथा स्टाफ तालिम सुरु

काठमाडौंको मातातीर्थमा सशस्त्रको गुल्मपति तथा स्टाफ तालिम सुरु

नेपालखबर
मंसिर ७, २०७७ आइतबार १२:६,

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा सि.सं. ५ गणपति तालिम र सि.सं. २५ गुल्मपति तथा स्टाफ तालिम सञ्चालन भएको छ।

सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले आइतबार सोही प्रतिष्ठानमा आयोजित एक समारोहका बीच उक्त दुवै तालिमको उद्घाटन गरे।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा फौजी संगठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले सशस्त्र प्रहरी अधिकृतहरुको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्नुकासाथै व्यक्तित्व बिकासमा समेत सघाउ पु-याउने उल्लेख गरे।

उनले प्रशिक्षार्थी अधिकृतहरुले यसअघि संगठनको विभिन्न नियुक्तिमा रहि लामो अनुभव प्राप्त गरिसकेको चर्चा गर्दै प्रशिक्षार्थीहरुले तालिमलाई विशेष मौकाको रुपमा सदुपयोग गर्दै अझ बढि अध्ययनशील र मेहनती भई फौजी अनुशासन कायम राख्दै स्वःस्फूर्त रुपमा तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्न प्रयत्नशिल रहने विश्वास व्यक्त गरे।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले प्रशिक्षणको दौरानमा आर्जन हुने ज्ञान, कला र कौशलको उपयोग गर्दै सशस्त्र प्रहरी अधिकृतहरुले भोलिका दिनहरुमा कार्यक्षेत्रमा आईपर्ने विविध चुनौतीहरुलाई परास्त गर्दै आत्म विश्वासका साथ जिम्मेवारी निर्वाहमा सफलता प्राप्त गर्न यस्ता तालिमले सघाउ पु-याउने बताए।

उनले प्रशिक्षार्थी अधिकृतहरुले आफ्नो ज्ञानको दायरालाई बृद्धि तथा त्यसलाई निखारता प्रदान गर्न स्वअध्ययनलाई जीवन पद्धती बनाउँदै अगाडी बढ्नुपर्ने चर्चा गर्दै आगामी दिनहरुमा विभिन्न सांगठानीक नियुक्तिहरुमा खरो उत्रनका लागि तालिमबाट प्राप्त सैद्धान्तिक तथा व्यावहारिक ज्ञान सहयोगि सिद्ध रहने बताए।

दुई महिना अवधिको गणपति तालिममा कूल २८ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा कूल ३६ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन्।

उक्त तालिमहरुमा विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गर्दै तालिमलाई वैज्ञानिक र स्तरिय ढंगले संचालन गरिने कुरा सो समारोहमा जानकारी गराइएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .