ad ad

राजनीति


केन्द्रसहित प्रदेश सरकार परिवर्तनको निर्णय कार्यान्वयन हुनुपर्छ : भीम रावल

केन्द्रसहित प्रदेश सरकार परिवर्तनको निर्णय कार्यान्वयन हुनुपर्छ : भीम रावल

नेपालखबर
मंसिर ७, २०७७ आइतबार १२:२२,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भीम रावलले केन्द्र र प्रदेश सरकार परिवर्तन हुनुपर्ने बताएका छन्।

कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले संघीय र प्रदेश सरकार हेरफेर गर्ने निर्णय भएको उल्लेख गर्दै त्यसको कार्यान्वयन हुन आवश्यक रहेको बताए।

पार्टी विधि, पद्धति र जनताको चाहाना अनुसार चल्न नसक्दा पार्टीभित्र अन्तर विरोध चर्किएको नेता रावलको भनाई छ। उनले पार्टी अध्यक्षहरुलाई विधि र प्रणाली अनुसार चल्न पनि आग्रह गरे।

नेता रावलले कुनै पनि हालतमा पार्टी नफुट्ने दाबी पनि गरेका छन्। अध्यक्षद्वयको अन्तरविरोधका कारण पार्टी नफुट्ने उनको भनाई छ।

नेकपा स्थायी कमिटी सदस्य समेत रहेका नेता प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै जना पार्टी फुटाउने योजना समेत नरहेको उल्लेख गर्दै पार्टी कुनै माटोको हाँडी नभएकाले कुनै व्यक्तिले लट्ठीले हानेर नफुट्ने ठोकुवा गरे।

नेता रावलले अध्यक्षद्वयले आफ्ना धारणा र विचार प्रतिवेदनका रुपमा बैठकमा प्रस्तुत गरी निर्णय गर्नु राम्रो कुरा भएको बताए। कुनै सैद्धान्तिक र नीतिगत मतभेद नभइ कार्यशैली, विधि र विधानका विषयमा मात्रै बहस चलिरहेकाले त्यसले मात्रै पार्टी फुट्ने सम्भावना नरहेको रावलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .