ad ad

समाज


घुस लिएको आरोपमा सशस्त्र प्रहरी जवानविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा सशस्त्र प्रहरी जवानविरुद्ध मुद्दा दायर

नेपालखबर
मंसिर ८, २०७७ सोमबार १०:३४,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी जवान उमेश महतो चौहानविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

महोत्तरीको रामनगर, गौशालास्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेश क्याम्पमा कार्यरत प्रहरी जवान उमेश महतो चौहान उपर बिगो रु. १७ हजार ६ सय कायम गरी भ्रष्टाचार सम्बन्धी आरोप–पत्र दायर गरिएको हो।

सशस्त्र प्रहरी जवान चौहानले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस/रिसवत लिएको अख्तियारले जनाएको छ।

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले चौहानलाई सेवाग्राहीबाट १७ हजार ६ सय रुपैयाँ घुस/रिसवत बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .